समानताको प्रतीक अमेरिकामा ह्यारिसको चुनौती

सुपरियटी अफ ब्ल्याक एथलेट अमेरिकाको चर्चित खेल पुस्तक हो । जो अहिले पनि चर्चामा छ । इतिहासको कालखण्डले भन्छ १५आँै शताब्दीमा सुन, खनिज र जमिन खोज्न युरापेलीहरू टुर निस्केका थिए । उनीहरूको निसाना अमेरिकी क्षेत्र थियो । त्यहाँ मानव दासको खोजी पनि हुन्थे । क्यारेबियन, रेड अमेरिकन, कतैबाट त्यहाँ पुगेका एसियन र अफ्रिकन दास बनाइने प्राथमिकतामा थिए ।

मानव सभ्यताको इतिहास राज्यको भूगोल, धार्मिक सम्प्रदाय र जातमा खण्डित हुँदै मानव हुँ भन्ने परिचय बिर्सेकै कारण जत्ति सुन्दर छ त्यत्ति नै कुरूप र रक्तरञ्जित छ । इतिहासको थुप्रै कालखण्ड वर्ण, वर्ग र लैंगिक पहिचानको आधारमा विभेदपूर्ण घटनाले नै बित्यो । त्यो विभेदपूर्ण घटना चिर्ने काममा अहिले अमेरिका सबैभन्दा अघि रहेको देश हो ।

गत अप्रिल महिनामा अमेरिकामा ‘ब्ल्याक उमन हिस्ट्री मन्थ’ भव्य रूपले मनाइएको थियो । त्यसको ४ महिना नबित्दै त्यसै अमेरिकाले ओलम्पिक खेलकुदमा अन्तिम स्वर्ण पदक जित्दै तालिकामा पहिलो स्थान पाएको थियो । अफ्रिकन अमेरिकन एजा विल्सनको सानदार खेलमा अमेरिकाले फ्रान्सलाई हराउँदै महिला बास्केटबलको स्वर्ण पदक जितेको थियो । त्यसै स्वर्ण पदकसँगै अमेरिका तालिकामा पहिलो भएको हो ।
ओलम्पिकमा सिमोन बाइल्सले जिम्न्यास्टिकमा ३ तथा केटी लेडेकीले पौडीमा २ स्वर्ण पदक जित्दै आफूलाई सर्वकालीन उत्कृष्ट ओलम्पियनको कोटीमा राखेका थिए । पौडीमै टोरी हस्कले ३ स्वर्ण पदक जित्दै नयाँ शक्तिको रूपमा आफूलाई स्थापित गरिन् । अर्कोतर्फ सिड्नी म्याकगाउलिनको ट्रायकमा आकर्षण त्यत्तिकै थियो ।

यो अभियान यत्तिमा सीमित थिएन । यस बिचमा अमेरिकी चुनावलाई संसारले हेरिरहेको थियो । प्रौढ उमेरमा जो वाइडेनमाथि थुप्रै आरोप लागेको थियो । यी धेरै आरोप मध्ये उनको बढ्दो उमेरमा कारण अबको कार्यकाल पूरा गर्न असहज हुने आरोप रिपब्लिक उम्मेद्वार डोनाल्ड ट्रम्पले लगाइरहेका थिए । वाइडेनले आफ्नो उम्मेद्वारी फिर्ता लिएर कमला ह्यारिसलाई उम्मेद्वारको रूपमा अघि सारे ।
जात, वर्ग, वर्ण, लिग र भूगोलको सीमालाई बेवास्ता गर्दै कार्य दक्षता र श्रेष्ठताको आधारमा मानिस ठुलो हुन पाउनुपर्छ भन्ने मान्यता बोकेको अमेरिकामा पछिल्लो एक शताब्दी महिलाको उपस्थिति बेजोड थियो । राष्ट्रप्रमुखको रूपमा भने अमेरिकाले अहिलेसम्म महिलाको उपस्थिति पाएको छैन ।

अहिले ह्वाइट हाउस प्रवेशको अभियानमा ह्यारिस छिन् । उनको अभियानको सारथि बनेर बाइडेन अघि बढेका छन् । यस निर्वाचन अभियानमा हिलारी क्लिन्टन पनि उपस्थित भएकी छन् । उनले डेमाक्र्याटको सम्मेलनमा २०१६ को निर्वाचनको स्मरण गर्दै आफू असफल भए पनि अमेरिकी नागरिकले नयाँ इतिहास कोर्ने विश्वास रहेको बताएकी छिन् । क्लिन्टनले भने जस्तै ह्यारिसले जित हात पारेमा उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति मात्र हुने छैनन्, पहिलो एसियाली मूलकी अमेरिकी राष्ट्रपति हुनेछिन् ।

जमैकाका बाबु र भारतीय आमाकी छोरी कमला पहिलो अश्वेत महिला उपराष्ट्रपतिको रूपमा कीर्तिमान कायम गरिसकेकी छन् । आज संसारले देखेको अमेरिका त्यत्तिकै बनेको पक्कै थिएन । समानताका थुप्रै मुद्दा त्यहाँ विभिन्न कालखण्डमा बहसका विषय बनेका थिए । थुप्रै मुभमेन्टपछि अहिलेको अमेरिका बनेको हो । त्यसै मुभमेन्टको सम्झनामा अहिले पनि फेब्रुअरी महिनालाई अमेरिकामा अफ्रिकन उमन मन्थको रूपमा मनाइने गरिन्छ ।

५ नोभेम्बरका दिन अमेरिकामा निर्वाचन हुने छ । त्यसको ७३ देखि ७९ दिनको बीचमा नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् । ह्यारिस निर्वाचित भएमा त्यसै अफ्रिकन उमन मन्थ सुरु हुनुभन्दा केही दिनअघि मात्र उनी ह्वाइट हाउसमा प्रवेश गरिसकेकी हुनेछिन् । एक शताब्दी लामो महिला इतिहासमा केही यस्ता अफ्रिकन अमेरिकन जन्मिए जसले अमेरिकाको साखलाई संसारका सामु बढाउने काम गरे । यिनीहरूको सनसनीले इतिहासका धेरै पाना ओगटिएका छन् ।

ओफ्राह विन्फ्रेले जीवनमा लामो संघर्ष गरेपछि आफूलाई संसारको पहिलो अफ्रिकन महिला बिलिनियरको रूपमा स्थापित गरेकी थिइन् । नृत्यंगना जोसेफिन बाकर दोस्रो विश्व युद्धको समयमा सफल जासुसको रूपमा आफूलाई स्थापित गर्न सफल भएकी थिइन् । इडा बी पहिलोपटक अन्तरिक्षमा प्रवेश गर्ने अश्वेत महिला भएर आफूलाई अन्तरिक्ष विज्ञानको एउटा नायिकाको रूपमा स्थापित गरेकी थिइन् ।

यी सबै सफलतालाई आधार मानेर प्रथम अमेरिकी महिला मिचेल ओबामाले भनेकी थिइन्, ‘सफलताको उचाइ चढ्ने पहिलो आधार भनेको हामीले देख्ने सपनाको उचाइ हो । दोस्रो आधार भनेको यसलाई पूरा गर्नका लागि आवश्यक दृढ इच्छाशक्ति र मिहिनेत मात्र हो ।’

ओबामाले भनेको यो कथन अफ्रिकन महिलाको हकमा मात्र होइन सबै व्यक्तिको जीवनका लागि हो । तथापि उनले यो अभिव्यक्ति कठोर परिस्थितिका बाबजुद सफलताको सिँढी चढेको अफ्रिकन महिलाको प्रशंसामा लक्षित थियो । मिसाउरीमा जन्मिएकी बाकर राम्रो नृत्यंगना थिइन् । उनी यसै कारण फ्रान्स पुगेकी थिइन् । फ्रान्समा पुगेपछि दोस्रो विश्व युद्धको समयमा उनलाई नाजीको जासुसीको काम दिइएको थियो । त्यसपछि उनी अमेरिका फर्किएकी थिइन् । अमेरिका फर्किएपछि उनले रंगभेदको महसुस गरेकी थिइन् ।

सन् १९६३ मा मार्टिन लुथर किङ जुनियरको ‘आइ ह्याभ अ ड्रिम’ एउटा चर्चित सम्बोधन थियो । सोही सम्बोधनले उनलाई संसारको एउटा पृथक् नेताको रूपमा स्थापित गरेको थियो । त्यसै कार्यक्रममा २ महिलालाई मन्तव्यको अवसर दिइएको थियो । सो मन्तव्यले बाकरलाई रंगभेद विरोधी अभियानको एउटा अभियन्ताको रूपमा अमेरिकामा स्थापित गरेको थियो ।

विन्फ्रीको क्यारियरको सुरुआत सुन्दरी प्रतियोगिताको प्रतिस्पर्धीको रूपमा भएको थियो । त्यसपछि उनी सिकागो टिभीमा ‘पिपल आर टकिङ’को कार्यक्रम प्रस्तोता भएकी थिइन् । सोही कार्यक्रमको लोकप्रियताले उनलाई ‘ओफ्राह विन्फ्री सो’ कार्यक्रम लन्च गर्न प्रेरित गरेको थियो । आफ्नै उत्पादनले उनलाई लोकप्रियता मात्र दिएन । महिला अश्वेत महिला बिलिनियरको रूपमा अमेरिकामा स्थापित गराएको थियो । उनको आवाजलाई संसारले ध्यान दिएर सुन्न पनि थाले । सो कार्यक्रम २५ वर्ष सञ्चालन भएको थियो ।

माइ जेमिन्सनको सफलताको कथा भने फरक छ । शान्ति सेनामा मेडिकल अफिसरको रूपमा काम गर्नुभन्दा अघि उनी विज्ञानको विद्यार्थी थिइन् । त्यहाँ पुगेपछि उनले आफ्नै अभ्यासले चिकित्सकको काम गर्न सफल भएकी थिइन् । एपोलो अभियानले प्रेरित उनले अन्तरिक्ष विज्ञानमा महिलाको कम उपस्थितिले छाएको थियो । अल्बामाकी उनले सन् १९८७ मा नासामा आवेदन दिएकी थिइन् । २ हजार आवेदन दिनेमध्ये उनी केनेडी स्पेस सेन्टरका लागि छानिएकी थिइन् ।

सन् १९९२ को १२ सेप्टेम्बरमा उनी ६ अन्य अन्तरिक्ष यात्रीसँगै स्पेस सटलका लागि तयार भएकी थिइन् । यस अभियानले उनलाई अन्तरिक्षमा यात्रा गर्ने पहिलो अश्वेत महिलाको रूपमा स्थापित गरेको थियो । इतिहासका यी यावत सफलतालाई पछ्याउने क्रममा ह्यारिसका लागि धेरै चुनौती छन् । आप्रवासी मुद्दा, युक्रेन र इजरायललाई गरेको सहयोग, संसारमा परिवर्तन भएको अर्थतन्त्र, जलवायु परिवर्तन, गर्भपतन र लैंगिक अधिकारमा अपुग विषयलगायत मुद्दा यस निर्वाचनमा उठेका छन् । ट्रम्प र ह्यारिस दुवै बहसमा छन् । सुरुआतमा ट्रम्प अघि देखिए पनि यस बहसमा हिलारी र बाइडेनको उपस्थितिले ह्यारिसलाई बलियो साथ मिलेको छ ।

अहिले अमेरिकी निर्वाचनमा धेरै मुद्दा उठेका छन् । खासमा मेक्सिकोको सिमापार हुँदै अवैध आप्रवासीको सवालमा ह्यारिसमाथि ट्रम्पले सुरुआतदेखि नै आक्रमण गरेका हुन् । उनले धेरै वर्ष कार दुर्घटना गराएको भन्ने एउटा भ्रामक समाचारसमेत बाहिर आएको छ । विभिन्न सञ्चार माध्यमले त्यस समाचार भ्रामक रहेको भन्ने आरोप लगाएका छन् ।

विश्व राजनितीमा बाइडेनको भूमिकाका विषयमा रिपब्लिकले लगातार आक्रमण गरेको छ । ३ वर्षअघि तालिवानले अफगानिस्तान कब्जा गरेको विषयमा एकले अर्कोलाई आरोप लगाएका छन् । डोनाल्ड्र ट्रम्प राष्ट्रपति हुँदा गरेको सम्झौता कार्यान्वयन गर्दै बाइडेनको कार्यकालमा अमेरिकाले अफगानिस्तान छाडेको थियो । त्यसको केही दिनपछि नै तालिवानले सत्ता हातमा लिएको थियो ।

ह्यारिसमा थप मुद्दा छन् । जलवायु परिवर्तन संसारको समस्या हो । यसमा ठोसपूर्ण नीतिका बारे धेरै बहस भइसकेका छन् । यस विषयमा आफू सफल हुने प्रतिबद्धता ह्यारिसले बारम्बार व्यक्त गरेकी छन् । उनी अहिले बहसका लागि पेलेसेल्भिनिया पुगेकी छन् । ५ नोभेम्बरले संसारको यो महाशक्ति राष्ट्रमा नयाँ इतिहास कोर्न सफल हुने या नहुने प्रतिक्षाको विषय बनेको छ ।

साँच्चै अबको फेब्रुअरी महिनामा अश्वेत महिला दिवस अमेरिकामा मनाइरहँदा जमैकाको बाबुकी ती छोरीले कोर्ने इतिहासले विशेष बन्छ या बन्दैन ? प्रश्नको उत्तर खोज्न अझ लामो प्रतीक्षा गर्नुपर्छ ।

प्रतिक्रिया