विष्णु माझीको तीज गीत सार्वजनिक

काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । हरेक वर्षमा तीजमा नयाँ गीत सार्वजनिक हुने माझीको यस वर्षमा ‘आइनँ आमा यो तीजमा’ शीर्षकको गीत शनिबार सार्वजनिक भएको हो ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डस्ट्रिज युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो । उनको गीत सर्वाधिक पर्खाइमा रहने गरेको छ ।गीत सार्वजनिक भएको केही घन्टामा नै माझीको यो गीतलाई लाखौँले हेरिसकेका छन् । गीतको रचना र संगीत सुन्दरमणि अधिकारीले गरेका छन् ।

प्रतिक्रिया