काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’को गीत सार्वजनिक भएको छ । काठमाडौंमा आज कार्यक्रम आयोजना गर्दै निर्माण टिमले ‘छड्के सलाम’ बोलको गीत सार्वजनिक गरेको हो ।
बिहेको रमाइलो प्रस्तुत गरिएको गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती, र निश्चल बस्नेतको स्वर छ । शब्द तथा संगीत जयन जे वाइवाको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, बसुन्धरा भुसाललगायत कलाकार फिचर्ड छन् ।
सिनेमामा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचितत्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरू को डेव्यु निर्देशकीय सिनेमा हो ।
प्रतिक्रिया