पत्रकार बराइलीले ल्याए ‘गुमेका चिज आउँदैनन् फर्केर’

काठमाडौं । पत्रकार तथा गीतकार प्रकाश बराइली (अभिव्यक्ति)ले ‘गुमेका चिज आउँदैनन् फर्केर’ बोलको नयाँ गीत ल्याएका छन् । यस गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । रमेश शिवशंकरको प्रस्तुतीमा रहेको यस गीतको भिडियो केही दिनअघि सार्वजनिक भएको हो ।

उक्त गीतमा गुमेका चिज र बितेका कुराहरु फर्केर नआउने, गुमिसकेका चिजहरु पाउन मुस्किल हुने, गुमेका चिजहरुको पछि मात्र महत्व हुने, जे छैन तथा जो व्यक्ति छैन त्यसको महत्व धेरै हुने जस्ता विषयहरू प्रस्तुत गरिएको बराइलीले बताए ।

मन शान्त बनाउनुबाहेक अन्य विकल्प नहुने र गरिबदेखि जोसुकैले पनि भविष्यमा लेखेको कुरा भोग्नै पर्ने, कसैलाई पनि छुटकरा नहुने विषय पनि गीतमार्फत सन्देश दिन खोजिएको उनको भनाई छ ।

यस गीतमा बाल गायिका कल्पना विष्ट र ७३ वर्षीया गायिका धनकुमारी गौचनको स्वर रहेको छ भने पत्रकार बराईलीको शब्द, गायक एवं संगीतकार रमेश बिक्रम रत्नको संगीत, हेमन्त शिशिरको एरेञ्ज, लक्षुप्रकाश मल्लको रेकर्डिङ, मनोज डंगोलको मिक्सिङ रहेको छ ।

गीतको भिडियोमा आफैँ पत्रकार प्रकाश बराइली (अभिव्यक्ति) को छायांकन र निर्देशन रहेको छ भने लोकेश भाटको सहसम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन, महेश शिव भक्तिको कस्टुम डिजाईन रहेको छ ।

उक्त भिडियोमा कलाकार सरविर पण्डित (दाह्री बा), गायिकाद्वय धनकुमारी गौचन र कल्पना विष्टको अभिनय रहेको छ । पछिल्लो समय एकपछि अर्को नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेको समय आफूले उक्त गीत ल्याएको पत्रकार बराइलीले बताए ।

प्रतिक्रिया