गायिका मिरा तामाङले ल्याइन् तिज कोसेली ‘धमाका मच्चाउँछु’

काठमाडौं । गायिका मिरा तामाङले तिज कोसेली ‘धमाका मच्चाउँछु’ बोलको गीत बजारमा ल्याएकी छन् । हिन्दू नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गरेको अवसरमा यस गीत आफूले कोसेली स्वरुप बजारमा ल्याएको गायिका तामाङले बताइन् ।

अन्य धेरै कलाकारहरुलाई पनि तिज गीतहरु सार्वजनिक गर्ने होडबाडी चलिरहेको समयमा गायीका तामाङको उक्त गीत उनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । केही दिनअघि युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायिका मिमरालाई गायक भुपेन्द्र राना मगरले आवाजमा साथ दिएका छन् ।

गीतमा मोहन नेपालीको शब्द रहेको छ भने गायक भुपेन्द्र राना आफैँले संगीत भरेका छन् ।नजिकै आइरहेको तिजको अवसरमा सार्वजनिक भएको यस गीतले धमाका मच्चाउने आशा लिएको पनि गायिका तामाङले बताइन् ।मालिका स्टुडियोमा रेकर्ड भएको यस गीतमा सन्तोष सुनामको एरेन्ज रहेको छ भने हेमराज डाँगीको मिक्सिङ रहेको छ ।

गीत बालाजुको रमणीय स्थल बाइधारामामा हरिश महराद्वारा छायांकन रहेको म्युजिक भिडियोमा कमेडियन खड्कबहादुर पुन मगर (खबपु), मोडल सपना राई तथा कञ्चन मगरको जोडदार अभिनय रहेको छ । जल राप्ती डिजिटल म्युजिकद्वरा निर्मित यस भिडियोको निर्देशन पनि खड्कबहादुर पुन मगर (खबपु) ले नै गरेका छन् ।

हिन्दू नारीहरुका तिजको मर्मलाई मध्यनजर गरेर यस गीतमा मौलिक शब्द र भिडियो पनि सोही अनुरुप निर्माण गरी बजारमा ल्याएको गायिका मिरा तामाङले बताइन् । लामो समयदेखि आफू गायन क्षेत्रमा सक्रिय रहेको जनाउँदै उनले परम्परागत मानिँदै आएको मौलिक तिजलाई विकृतितर्फ लैजान नहुनेमा जोड दिइन् ।

प्रतिक्रिया