नेकपा एस रौतहटको संघर्ष गर्ने चेतावनी

रौतहट । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समिति रौतहटले संघर्ष गर्ने चेतावनी दिएको छ । पार्टीका जिल्ला नेताको घरमा आमा र भतिजोमाथि आक्रमण भएको भन्दै दोषीलाई तत्काल कारबाही नगरे नेकपा एसले कडा संघर्ष गर्ने चेतावनी दिएको हो ।

गत ७ साउनको दिन साँझ गरुडा नगरपालिका–६ का पूर्व वडाध्यक्ष तथा नेकपा एसका जिल्ला नेता अशोक यादवकी ७४ वर्षीय आमा इमरितिया देवी र भतिज कमलेश यादवमाथि केही मानिसले घरमै आक्रमण गरेको विज्ञप्तिमा जनाइएको छ । नेता यादवको अमरपटिस्थित घरमै केही मानिसले आक्रमण गरेको र आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी केही बेरपछि छाडिदिएको विज्ञप्ति प्रकाशित गरी नेकपा एसले जनाएको जनाएको छ ।

जिल्ला समितिको तर्फबाट सचिवको नाममा प्रकाशित विज्ञप्तिमा घटनामा संलग्न राम सोगारथ यादव, मिश्रिलाल यादव, रविन्द्र यादव, अमिरी यादव, देवेन्द्र यादव र धीरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएर केही बेरपछि छाडेको थियो ।

पार्टीको बढ्दो लोकप्रियताबाट आत्तिएर योजनाबद्ध तरिकाले नेता कार्यकर्तामाथि आक्रमण हुन थालेको भन्दै सरकारले दोषीमाथि तत्काल कारबाही अगाडि बढाउनुपर्ने बताइएको छ । घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनले चासो नदेखाएको आरोप लगाउँदै बाध्य भएर पार्टी सडक संघर्षमा उत्रनुपर्ने उल्लेख गरिएको छ ।

पीडित यादवले यथाशीघ्र प्रहरीले घटनाको छानबिन गरी दोषीमाथि कारबाही अगाडि बढाउनुपर्ने माग गरेका छन् । अहिलेसम्म कोही पनि पक्राउ नपर्नुले अन्याय गर्नेलाई प्रहरीले छुट दिएको आरोप पीडित पक्षको रहेको छ ।

प्रतिक्रिया