काठमाडौं । लोक तथा दोहोरी गायिका प्रिती पुन मगरको तिज कोसेली ‘बुहारीको दुःख’ नामक गीत सार्वजनिक भएको छ । गायिका प्रिती आफैँले शब्द रचना गरेर बजारमा ल्याएको उक्त गीतमा उनले नै संगीत भरेकी हुन् । उनको आफ्नै युट्युब च्यानल ‘प्रिती पुन मगर अफिसियल’मार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।
गायिका प्रितीलाई अर्की गायिका लक्ष्मी परियार र गायक भुपेन्द्र राना मगरले आवाजमा साथ दिएका छन् । मालिका स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा हेमराज डाँगीले एरेन्ज गरेका हुन् । त्यसैगरी उक्त गीतको भिडियोमा भुपेन्द्र रानाको निर्देशन र सम्पादन रहेको छ भने हरशि महराले छायांकन गरेका हुन् ।
त्यस्तै भिडियोमा गायिका प्रिती पुन मगर आफैँ, तोरण थापा मगर, हरेन्द्र शाही, सपना देवकोटा, रुसी लाफा, शान्ति सिंजाली, दिव्या अछामी र मिरा तामाङले अभिनय गरेका छन् । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा कोसेली स्वरुप यस गीत बजारमा ल्याएको गायिका प्रितीले बताइन् ।
विवाह गरेर गएपछि पराई घरमा बुहारीहरुले झेल्नुपर्ने विभिन्न दुःख र पीडालाई गीतको शब्द र भिडियोमार्फत उतारिएको उनले सुनाइन् । पराई घरमा सासुको व्यवहार र श्रीमानले हेर्ने नजरलाई पनि गीतमार्फत प्रस्तुत गरिएकोे उनले बताइन् ।
जन्मघरमा आफ्नै आमाको माया र कर्मघरमा सासुको मायाबीचका फरक–फरक विषयलाई समेत गीतको शब्द र भिडियोमा देखाइएको गायिका प्रितीले बताइन् ।
प्रतिक्रिया