काठमाडौं । गायक एवं सर्जक प्रेम सापकोेटा सोनुले हिन्दू नारीहरुको महान् पर्व हरितालिका तिजको छेको पारेर ‘काली पसम कि’ बोलको गीत ल्याएका छन् । सापकोटाको शब्द रचना र संगीत रहेको उक्त गीतमा गायिका शान्तिश्री परियारको एकल आवाज रहेको छ ।
पछिल्लो समय तिज गीतहरुमा प्रायः माया पिरतीका विषयहरू भिडियोमा देखिँदै र आवाजमा सुनिँदै आएको समयमा सर्जक सोनुले विशुद्ध तिज पर्वको मर्म बोकेको गीत सार्वजनिक गरेको बताए । एउटा चेलीले माइती छोडेर अर्काको घरमा गएपछि उसले भोग्नुपरेको दुःख र पीडालाई गीत र कथामा देखाइएको छ ।
जेरी भण्डारीले गीतको कथा र भिडियोमा नृत्य निर्देशन गरेका छ्न् भने राजेश घिमिरेले छायांकन छन् । नवीन घर्तीमगरले सम्पादन गरेको उक्त गीतको भिडियोमा स्मारिका ढकालले अभिनय गरेकी छ्न् । त्यस्तै अभिनयमा स्मारिकालाई जोन बम ठकुरीले साथ दिएका छ्न् ।
गीतको भिडियो प्रेम सापको सोनुले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । लामो समयदेखि आफ्नो स्वर शब्द र संगीतका विभिन्न माध्यमबाट सांगीतिक यात्रामा लागेका सापकोटाले यसअघिका थुप्रै गीतहरू बजारमा ल्याइसकेको सुनाए । हाल उनी वैदेशिक रोजगारिको सिलसिलामा जापानमा रहेका छन् ।
प्रतिक्रिया