संगीता र रामकुमारको कोसेली ‘रोई हिँड्ने गरायो’ बजारमा

सुर्खेत । प्रेमिल नयाँ गीत रोई हिँड्ने गरायो सार्वजनिक भएको छ । गायिका संगीता पहरी र गायक रामकुमार नेपालीको नयाँ काठे लोकदोहोरी ‘रोई हिँड्ने गरायो’ शिर्षकको म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।

पछिल्लो समय प्रेममा आउने दरारलाई काठे दोहोरीका रुपमा प्रस्तुत गरिएको छ । प्राय मायाप्रेममा आउने विवादलाई प्रष्ट रुपमा देखाईएको उक्त गितमा अमृत भारतीको शब्द संगित र सुरज नेपाल, तिर्सना बराइली र करिश्मा पहरीको अभिनय रहेको छ ।

त्यस्तै म्युजिक भिडियोलाई कल्पेश विश्वकर्मा ले सम्पादन गरेका छन् । भने कुमार सानु पुनले गीतमा मिक्सिङ तथा मास्टरिङ गरेका छन् । संगीता पहरी युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोको निर्देशन रामकुमार नेपालीले गरेका हुन् ।

प्रतिक्रिया