काठमाडौं । नेपाल आईडल सिजन – ५ का विजेता गायक विनोद राईले आफ्नो सांगीतिक कोसेली गीत ‘जिन्दगी हो खेल जस्तै’ ल्याएका छन् । गायक राईको उक्त नयाँ गीतको भिडियो युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।
गीतमा गायक राईको आफ्नै एकल आवाज रहेको छ भने दिपेन्द्र अधिकारीको शब्द र राज कुमार बगरको संगीत रहेको छ । त्यस्तै, गीतको भिडियोमा बिरेन्द्र भाट विपिनको निर्देशन रहेको छ भने अजय रेग्मीको छायांकन, लोकेश भाटको सहसम्पादन तथा बिरेन्द्र भाट विपिनको सम्पादन रहेको छ ।
उक्त भिडियोमा रिचा थापा, स्वयं गायक विनोद राई, राजेन्द्र शर्मा, अर्जुन कुँवर, रश्मी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल, सुरज भुसाललगायतको अभिनय रहेको छ । डि.ए. क्रियशन युट्युब च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको छ ।
गायक राईले हरेक मानीसका जीवनका विभिन्न भोगाई र जिउने शैलिको विषय गीतका शब्दमा समावेश गर्नुका साथै भिडियो पनि सोही अनुसार निर्माण गरिएको बताए । साथै, भिडियोमा जीवनमा आइपर्ने विभिन्न कठीनाइका दृश्य समेत कैद गरिएको गायक राईले बताए ।
प्रतिक्रिया