अर्यालकाे ‘बिर्सिएको वर्गसंघर्ष’ पुस्तक विमोचन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा पार्टी केन्द्रीय पचार विभाग उपप्रमुख दामोदर अर्यालद्वारा लिखित ‘बिर्सिएको वर्गसंघर्ष’ नामक पुस्तक विमोचन गरिएको छ ।

शनिबार एकीकृत समाजवादीकाे प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, प्रमेश हमाल, जयन्ती राई, धर्मनाथ साह, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले सामुहिक रूपमा विमोचन गरेका हुन् ।

लेखक आर्यालकाअनुसार पुस्तकमा कम्युनिष्ट आन्दोलनमा देखिएका विकृति विसंगती र विगतमा गरिएको वर्ग संघर्षलाई भुल्ने काम भएको भन्दै सचेत गराउन खोजिएको छ ।

प्रतिक्रिया