बटेश्वर गाउँपालिकाद्वारा सफ्टवेयरमा अनियमितता

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका कार्यालयले उपयोगविहीन अनलाइन सफ्टवेयर खरिद गरेर अनियमितता गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिका कार्यालयले पालिकाले कर भुक्तानीका लागि ४ लाख ९८ हजार ३३० रुपैयाँमा सफ्टवेयर खरिद गरेको थियो । कोटेसनमा खरिद गरेको त्यस सफ्टवेयरबापत सांग्रिला इन्फोटिक्सलाई सो रकम भुक्तानी गरेको छ ।

तर, सो सफ्टवेयर हालसम्म प्रयोगमा नरहेको र आवश्यकताको आधारमा अनियमितता भएको हालै महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८० को ६१औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

‘सार्वजनिक स्रोत खर्च गर्दा आवश्यकतामा आधारित भएर गर्नुपर्नेमा खरिद गरिएको सफ्टवेयर उपयोगमा नरहेकोले भुक्तानी गरेको नियम संगत देखिँदैन’, प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकले उपयोगमा नरहेको सफ्टवेयर खरिदलाई बेरुजु ठहर्याउँदै प्रमाण पेस गर्न गाउँपालिका कार्यालयलाई भनेको छ ।

प्रतिक्रिया