भारतीय निर्वाचन : वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदी विजयी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसी निर्वाचन क्षेत्रबाट विजयी भएका छन् । भारतीय राष्ट्रिय कांग्रेसका उम्मेदवार अजय रायलाई डेढ लाखभन्दा बढी मतले हराउँदै मोदी वाराणसीबाट तेस्रो पटक सांसदमा विजयी भएका हुन् ।

मोदीले ६ लाख १२ हजार ९ सय ७० मत ल्याउँदा रायले ४ लाख ६० हजार ४ सय ५७ मत पाएका छन् । २०१४ मा मोदीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई हराएका थिए । त्यस्तै २०१९ को चुनावमा उनले समाजवादी पार्टीकी शालिनी यादवलाई हराएका थिए ।

अहिले २०२४ को निर्वाचनमा मोदीले वाराणसी सिटमा १ लाख ५२ हजार मतले विजयी भएका हुन् । मोदीले कुल ६ लाख १२ हजार मत पाएका छन् । दोस्रो स्थानमा रहेका कांग्रेसका अजय रायले चार लाख ६० हजार मत ल्याएका छन् ।

तर, अघिल्लो निर्वाचनको तुलनामा यसपटक नरेन्द्र मोदीको जितको संख्या कम छ । सन् २०१९ मा प्रधानमन्त्री मोदीले वाराणसी सिटबाट ४ लाख ७९ हजार ५०५ मतले जितेका थिए । यूपीमा भाजपा ३१ सिटमा अगाडि छ, सपा ३६ सिटमा र कांग्रेस ७ सिटमा अगाडि छ ।

प्रतिक्रिया