काठमाडौँ । पत्रकार प्रकाश बराइली ‘अभिव्यक्ति’ले सांगीतिक कोसेली मौलिक लोक भाका ‘मुटुको घाउ’ बजारमा ल्याएका छन् । पत्रकार बराइलीले शब्द रचना गरेको उक्त गीतमा वरिष्ठ गायिका लक्ष्मी न्यौपाने र गायक राजन भुजेल विश्वकर्माको युगल आवाजमा सजिएको छ ।
त्यसैगरी प्रिज्म स्टुडियोमा गीत रेकर्ड गरिएको गीतमा गायक कृष्ण रेउलेको संगीत तथा रमेश सेन्चुरीको संगीत संयोजन रहेकोे छ । त्यस्तै उक्त गीतकोे भिडियोमा पत्रकार प्रकाश बराइली आफैले निर्देशन गरेका छन् । मरुभूमि नारायणले छायांकन गरेको भिडियो विरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन् ।
त्यसैगरी मोडल उषा सुवेदी, कृष्ण रसाल, कृष्ण महर्जन र मदन न्यौपानेले उक्त भिडियोमा अभिनय गरेका छन् । यसअघि पनि विभिन्न गीतहरु सिर्जना गर्दै बजारमा ल्याइसकेका बराइलीले पछिल्लो यस गीत ‘मुटुको घाउ’ केही फरक प्रसंगमा प्रस्तुुत गरिएको बताए ।
यस गीतमा जातिय विभेद तथा अन्तरजातिय माया प्रेम कथालाई आधारित बनाइएको उनको भनाई छ । गैरदलितकी छोरी र दलितको छोराबीचको घनिस्ट प्रेम सम्बन्धलाई अन्यत्रले असफल बनाउन प्रयास जारी रहेको विषयका शब्द गीतमा समावेश गरिएको उनले बताए ।
२१औँ शताब्दीमा छुवाछुत तथा जातिय विभेद गर्नु मानविय अपराध अनुरूप भएकाले यद्यपि कसैले त्यस्तो गर्छ भने ‘जातिय विभेद तथा छुवाछुत कसुर ऐन– २०६८’ बमोजिम कारबाही हुन्छ भन्ने सन्देश दिन खोजिएको पत्रकार बराइलीले बताए । बराइली लामो समयदेखि पत्रकारितामा मात्र नभई विभिन्न गीतका शब्द रचना र भिडियो निर्देशन समेत गर्दै आइरहेका छन् ।
उनी पछिल्लो समय लोकदोहोरी क्षेत्रमा हुने प्रायः कार्यक्रमहरुमा मिडिया संयोजकको भूमिकामा पनि सक्रिय रहँदै आइरहेका छन् । म्याग्दी जिल्लामा जन्मिएर काठमाडौँलाई कर्मथलो बनाएका पत्रकार बराइलीले दर्जनौँ गीतहरुमा शब्द लेख्नुका साथै भिडियोको निर्देशन पनि गरेका छन् ।
प्रतिक्रिया