परवानीपुर गाउँपालिकामा नमुन क्रिकेट मैदान निर्माण हुने

बारा कलैया । परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री प्रसाद कुर्मीले परवानिपुरमा नमुना क्रिकेट मैदान गरिने बताएका छन् । मंगलबार परवानीपुर गाउँपालिका– १ टोल बुनियादमा आयोजित प्रथम अध्यक्ष क्रिकेट टुर्नामेन्टको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

उनले स्वास्थ्यका लागि खेलकुद, मानव जीवनका लागि अपिहार्य रहेकाले यसमा सबै मिलेर अगाडि बढाउन आग्रह गरे । खेलको माध्यमले देशलाई विदेशी राष्ट्रमा चिनाउने खेलाडीको सम्मान राज्यबाट नहुनु दुःखद भएको उनको भनाइ थियो ।

अब परवानीपुर गाउँपालिकाले यस गाउँपालिका भित्रका खेलाडीलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने समेत उनले बताए । उ

क्त कार्यक्रममा वाड नम्बर ५ का वाडाध्यक्ष रामेश्वर प्रसाद कलवार, वाडा नम्बर ४ का वडाध्यक्ष गहमीरा पटेल, परावानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पूर्ववाध्यक्ष गजेन्द्र पटेल लगायतकाले उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । परवानीपुर गाउँपालिका– १ का वाडाध्यक्ष चोकट महतोको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया