पिपुल्स डेन्टल र एसबिआई मर्चेन्टबीच सम्झौता

काठमाडौँ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि नयाँबजार काठमाण्डौँ र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङमार्फत नयाँ डिम्याट खाता खोल्ने वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकले विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

प्रतिक्रिया