बोदे बर्साईनका नगरप्रमुख सिंहले गरे रोजगार कार्यक्रमको अनुगमन

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकाले विभिन्न वडामा सञ्चालित स्वरोजगार कार्यक्रमको अनुगमन गरेको छ । आइतबार नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंहलगायतको प्राविधिक टोलीले सो कार्यक्रमको अनुगमन गरेको हो ।

उक्र टोलीले विभिन्न समस्याबारे सहभागी कामदारसँग छलफल समेत गरेको छ । छलफलको क्रममा नगरप्रमुख सिंहले आफ्नो पालिकामा ठूलो उद्योग तथा कलकारखाना नरहेका कारण युवाले रोजगारी पाउन नसकिरहेको बताए ।

उनले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत पनि बजेट अनुसार रोजगारी दिनुपर्ने बाध्यताका कारण सबैलाई यस कार्यमा समेट्न नसकिरहेको उल्लेख गरे ।

यसैबीच नगरपालिकाको रोजगार सेवा केन्द्रले यस वर्ष धेरैजसो महिला र केही मात्रामा पुरुष गरी रोजगारी दिएको छ । रोजगार सेवा केन्द्रका शाखाका संयोजक ब्रहमदेव यादवका अनुसार पाँच वर्षमा सयौँ जनाले रोजगारी पाइसके छन् ।

पछिल्ला वर्षमा रोजगारी पाउनेको संख्या घट्दै गएको छ । रोजगार सेवा केन्द्रलाई प्राप्त हुने बजेट घट्दै गएकाले रोजगारी पाउनेको संख्या घटाउनुपरेको बोदे बर्साईन नगरपालिकाका रोजगार प्रमुख यादवले बताए ।

प्रतिक्रिया