नारायणगढ-मुग्लिन सडककाे तुइन खोला नजिकै पहिरो, एक जनाको मृत्यु

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एक जना डोजर चालकको मृत्यु भएको छ । सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिनमाथि पहिरो खस्दा डोजर चालकको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । अहिले सडक भने सञ्चालनमा आएको छ ।

प्रतिक्रिया