भद्रपुरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले झापाको भद्रपुरमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले भद्रपुर नगरपालिका ५ मा बुधबारदेखि भद्रपुर शाखा सञ्चालनमा ल्याएकोे हो । यो शाखासहित बैंकको शाखा संख्या २ सय ७२ पुगेको छ । नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको बैंकले जनाएको छ । नयाँ शाखाको उद्घाटन बैंकका प्रदेश प्रमुख राजिव गजुरेलले गरेका थिए । हाल बैंकका २७२ शाखा कार्यलय, ६४ वटा एक्सटेन्सन काउन्टर, ८८ वटा शाखा रहित बैंकिङ र २६५ वटा एटीएम रहेका छन् ।

प्रतिक्रिया