कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बसेकोे प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि स्थगित भएको छ ।

प्रतिपक्ष दल कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानिबिन समिति गठनको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आजै १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

संघीय संसद वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरु भएको थियो । प्रमुख प्रतिपक्षी कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा गृहमन्त्री लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो ।

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले सदन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको व्यहोरा पढेर सुनाएका थिए । उनले आजका समस्या र समाधानका लागि जिम्मेवार भई जनताका मुद्दामा केन्द्रित भई प्रस्तुत हुनुपर्नेमा जोड दिए ।

उनले सदनमा उठेका मुद्धाको समयमा सुनुवाइका लागि सरकारले दायित्व निर्वाह गर्नुपर्ने बताएका थिए । सभामुख घिमिरेले उपनिर्वाचनबाट निर्वाचित सुहाङ नेम्वाङ र समानुपातिक तर्फका जनता समाजवादी पार्टीका सांसद हसिना खातुनलाई बैठकमा स्वागत गरे ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकको सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दलल नेपाली कांग्रेसले अवरोध गरेको हो । शुक्रबार सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाउने क्रमा राष्ट्रपति कार्यालयले पठाएको पत्र बाचन गर्न खोज्दा कांग्रेस सांसदहरुले आसनबाट उभिएर नाराबाजीसहित अवरोध गरेका हुन् ।

प्रतिक्रिया