ढकमक्क फुलेको ज्याकारान्डा फूल

तस्विर जयराम तिमिल्सिना

काठमाडौं । संघीय राजधानी काठमाडौंको महाराजगञ्जस्थित पानीपोखरी आसपासलगायत शहरभरी नै यतिबेला ढकमक्क ज्याकारान्डाका फूलहरु फुलेका छन् ।

लामो समयको खडेरीपछि आइतबार वर्षा भएसँगै काठमाडौं उपत्यका शहर केही सफा देखिएको छ भने विभिन्न बोट बिरुवाहरुमा पनि क्रमशः हरियाली छाएको छ ।

सौर्य दैनिकको कार्यालय नजिकै काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालय पनि रहेको छ । त्यसकै परिसरमा ज्याकारान्डाका रुखहरु पनि छन् । हाल ती रुखहरुमा ढकमक्क फूल फुलेका छन् ।– तस्विर जयराम तिमिल्सिना

प्रतिक्रिया