ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

काठमाडौं । ललितपुरमा आइतबार आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा आगलागी पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी, श्रीमती रुपा गिरी, उनीहरूका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरू सबैजनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी एवम् प्रवक्ता नरेशराज सुवेदीले बताए ।

प्रहरीकाअनुसार उक्त टहोरामा मोबिल स्टोर थियो । मोबिलमासमेत सल्किएर फैलिएको आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया