ब्रिटनी फेरी विवादमा

एजेन्सी । ब्रिटनी स्पीयर्स हलिउडकी पप स्टार हुन्, जो आफ्ना गीतका कारण भन्दा पनि विवादका कारण चर्चामा रहन्छिन् । तीनै स्पीयर्स फेरी विवादमा आएकी छन् । बुवासँगको विवाद, पतिसँगको सम्बन्धविच्छेद र पूर्व प्रेमीसँगको झगडाका बीच ब्रिटनी फेरि चर्चामा आएकी हुन् ।

ब्रिटनी स्पीयर्सको बारेमा समाचार बाहिर आइरहेको छ कि उनको प्रेमीसँग झगडापछि, गायिकाले बिना लुगा र खाली खुट्टा होटल छोडिन् । ब्रिटनीका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, त्यसपछि गायिकाले प्रतिक्रिया दिएकी छन् ।

हालै ब्रिटनी स्पीयर्सलाई एउटा होटलमा खराब अवस्थामा बाहिर निस्किएको देखियो । अभिनेत्रीको अवस्था देखेर कसैले एम्बुलेन्स बोलायो । टीएमजेड रिपोर्टका अनुसार ब्रिटनी आफ्नो प्रेमी पल रिचर्ड सोलिजसँग होटलमा पार्टी गर्दै थिइन् । पार्टीमा दुवैबीच झगडा भयो, जुन पछि शारीरिक झगडामा परिणत भयो ।

प्रत्यक्षदर्शीहरूका अनुसार ब्रिटनी आफ्नो होटेलको कोठाबाट बिग्रिएको अवस्थामा बाहिर निस्केकी थिइन् । होटलबाट टपलेस र नाङ्गो खुट्टामा चादर र तकिया लगाएर बाहिर आएकी ब्रिटनीको खुट्टामा पनि चोट लागेको थियो, त्यसपछि एम्बुलेन्स पनि बोलाइएको थियो । ब्रिटनीका तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

अहिले यी तस्विरहरुमा गायिकाले नै प्रतिक्रिया दिएकी छन् । गायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक नोट लेखेकी छिन्, ‘म मानिसहरूलाई यो खबर झुटो हो भनेर बताउन चाहन्छु । म दिनप्रतिदिन बलियो हुँदै गएको कुरा मानिसहरूले बुझून् भन्ने चाहन्छु । सत्य बेकार छ, त्यसैले के कसैले मलाई झुट बोल्न सिकाउन सक्छ ? मेरो शक्ति बढ्दै गएको छ, आशा छ तपाईहरु संग पनि त्यस्तै भइरहेको छ ।’

प्रतिक्रिया