पूर्वमा मनसराको सफलता

काठमाडौँ । शुक्रबारदेखि रिलिज भएको फिल्म ‘मनसरा’ले पूर्वी नेपालमा सुरुको दिन उत्कृष्ट व्यापार गरेको छ । विराटनगर, इटहरी, बिर्तामोड र दमकस्थित हलमा फिल्मले दर्शकको साथ पाएको हो ।
बिहीबार विराटनगर प्रिमियरमा पुगेको फिल्मको टोलीले शुक्रबार ती स्थानका हलमा पुगेर दर्शक भेटघाट समेत गरेको छ । शनिबार दमक र बिर्तामोड पुगेर दर्शक साक्षात्कार गरेर काठमाडौँ फर्कने कार्यक्रम रहेको निर्माण युनिटले जनाएको छ ।

शुक्रबार धरानको फ्रेन्ड्स सिनेमाजमा अभिनेता दयाहाङ राई, प्रवीन खतिवडा, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा पुग्दा हलमा दर्शक खचाखच थिए । धरानको हलमा कलाकारलाई देखेपछि सेल्फी खिच्ने दर्शकको भीड उर्लियो । फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकले मनसरा टिमको प्रशंसा गरेका थिए ।

उपेन्द्र सुब्बा निर्देशित फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको पनि अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मको निर्माता तथा छायांकार शैलेन्द्रध्वज कार्की हुन् । विष्णुकुमार लिम्बु, मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रूपमा छन् ।

प्रतिक्रिया