लाइभ दोहोरिकी क्विन आशा

काठमाडौं । आशा बिसि सांगीतिक क्षेत्रका लागि चरि परिचित नाम हो । लोकदोहोरी गायिकाको रुपमा अलग्गै पहिचान बनाउन सफल उनी लाइभ लोकदोहोरीदेखि एल्बमसम्म छाउन सफल छन् । लाइभ लोकदोहोरीमा ‘दोहोरी क्विन’को रुपमा परिचित उनको भर्खर बजारमा २ गीत समेत आएको छ । ‘खोली खेतमा जौ छ’ र ‘तिरखा’बजारमा आएको छ । गीतले दिन प्रतिदिन चर्चा बटुल्दैछ ।

एकदशक बढी समयदेखि गायनमा सक्रिया बिसीका ‘दरबार कहिले बस्ला जुगजानी घरबार’, ‘मेरो परानलाई’, ‘गिलास र कचौरा’, ‘हरहर बासना अगरबत्तिको’, ‘आबु खैरेनी’, ‘राङरुङको बजारैमा’, ‘ओइ फुलमाया’, ‘टोपी फुलभरेको’ लगायतका गीतहरु जनजिब्रोमा झुन्डिन सफल छन् ।

तनहुँ जिल्लाको तत्कालिन मिर्लुङ गाबिस हाल भानु नगरपालिकाको वडा नम्बर १२ कवाजितमा बिक्रम सम्बत २०५३ जन्मिएकी गायिका आशा बिसिका प्रत्यक्ष दोहोरी समय समयमा सामाजिक संजाल लगायत मिडियामा समेत चर्चा पाउने गरिएकी छन् । उनको म्युजिक भिडियोले पनि चर्चा कमाउने गरेका छन् ।

बुबा गोकुल बहादुर र आमा सावित्रीको कोखबाट जन्मिएकी उनको सानैदेखि गायनमा रुचि थियो । सानोमा चर्चित गायक गायिकाको गीत गाएर सबैलाई मोहित पार्दै अगाडि बढेकी उनका स्वरको धेरैले तारिफ समेत गर्थे । सानैदेखि गाउघरमा पाएको हौसलाले गतिसंगीतमा लाग्न प्रेरणा मिलेको आशा बताउछिन् । ‘म सानैदेखि गीत गुनगुनाउने मात्र होइन, विभिन्न स्तक्लबहरुद्वारा आयोजित सांस्कृतिक कार्यक्रममा भाग लिएर गीत गाउथे’, आशाले भनिन् ।

आशाले करिब १२ बर्ष अगाडि कास्कीको पोखरामा रहेको एक दोहोरीसाँझबाट ब्यवसाय गायन सुरु गरेकी हुन् । दोहोरी साँझबाट सुरु भएको उनको यात्रा बिस्तारै फैलिएर अहिले लाइभ लोकदोहोरीदेखि एल्बमसम्म पुग्न सफल छ ।
अहिलेसम्म रेकर्डिङ स्टुडियो मार्फत आफ्ना दुइ दर्जन हाराहाका एल्मब पस्किएकी उनी प्रत्यक्ष लाइभ दोहोरीको सिलसिलामा नेपालका ४० बढी जिल्ला पुगिसकेकी छन् ।

सांगीतिक क्षेत्रले उनलाई थाइल्यान्ड, सिङ्गापुर, मलेसिया, जापान, युएई लगायत देश समेत पुर्याइसकेको छ । रास्ट्रिय लोक भजन संस्कृति संरक्षण प्रतिष्ठान नेपालको आजिवन सदस्य एबम् रास्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान बानेश्वर कोटेश्वर समिति सदस्य समेत रहेकी आशाको गीतसंगीतमै जीवन बिताउने लक्ष्य समेत रहेको छ ।

प्रतिक्रिया