क्रम्प्टनका उत्पादन बजारमा

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले नेपालमा आफ्ना विविध पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका पंखामा – सिलिङ् फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान र एक्जस्ट फ्यान समावेश छन् । प्रत्येक पंखाले बेजोड प्रदर्शन, शैली र विश्वसनीयता प्रदान गर्न प्रयास गरेको छ । स्टाइलिश डिजाइन र ऊर्जा–कुशल कार्यसम्पादनको साथ, क्रम्प्टन सिलिङ् फ्यानहरू कुनै पनि घरको लागि उत्तम हुने कम्पनीले जनाएको छ । इकोनोमिक सिलिङ् फ्यान सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज ग्यालप, पवन, अल्फा ब्रिज, विन्जर, कूल ब्रीज र सी विन्ड छन् । डेकोरेटिभ सिरिजमा, क्रम्प्टनसँग स्युरब्रिज मोन्टानिया, अरिया ब्रिज प्राइम र सुपर एयर डेको छन् ।

प्रतिक्रिया