पत्रकार विनयको मृत्युको घटना छानविन गर्न प्रेस युनियनको माग

जनकपुरधाम । नेपाल प्रेस युनियन धनुषाले पत्रकार विनयकुमार यादवको मृत्युको घटना शंकाष्पद देखिएकाले गम्भिर छानविनको माग गरेको छ ।

युनियन धनुषाका सचिव हरिवंश यादवद्वारा जारी विज्ञप्तीमा घटनाको छानविनमा धनुषा प्रहरीले देखाएको समान्य जस्तो व्यवहार, सुस्तता र लापरवाही खेदजनक रहेको उल्लेख गरिएको छ ।

मृतक पत्रकार यादवको परिवारजनले आफै जुटाएको विभिन्न तथ्य र प्रमाणहरु, उनी कार्यरत ईन्युजब्युरो सहितका अनलाईनमा प्रकाशित समाचारले पत्रकार यादवको हत्या समेत हुन सक्ने प्रशस्त प्रमाणहरु रहँदा रहदै धनुषा प्रहरीले दुर्घटनामा मात्र सिमित गरेर पीडित परिवार प्रति बढाएको दबाबको युनियन धनुषाले भत्र्सना गरेको छ ।

युनियन धनुषाले विभिन्न तथ्य र प्रमाणहरुको सुक्षम अध्यन्न गरी घटनालाई कर्तव्य ज्यान मुद्दाको रुपमा दर्ता गरि सोहि अनुरुप अनुसन्धान थाल्न माग समेत गरेको छ ।

प्रतिक्रिया