पर्साको पकहामैनपुरमा विकास निर्माण योजनाको अनुगमन

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिकाका उपाध्यक्ष तथा प्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृतले पकहामैनपुर गाउँपालिकामा निर्माणाधिन भइरहेको विकास निर्माण कार्य योजनाको अनुगमन गरेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष नसरुलाह मियाँ र प्रमुख प्रशासकिय अधिकृत उदवशंकर चौधरीले वडा नम्बर ५ पोखरियामा भइरहेको देवीस्थानको मन्दिर निर्माण बाउण्ड्रीरीवाल र कोठासहित रु १० लाखको योजना रहेको छ ।

त्यसैगरी सोही ठाउँ नजिक सार्वजनिक जगा स्थानीयहरुले कब्जा गरी बनाएको ७ कठ्ठा जग्गालाई अतिक्रमण मुक्त गराई ग्रेबल गरेको योजनासहित अनुगमन गरेका छन् । उपाध्यक्षको योजनामा भइरहेको सो कामको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।

अनुगमन टोलीमा उपाध्यक्षका प्रतिनिधि नसुरलाह मियाँ, प्रमुख प्रशासकिय अधिकृत उदवशंकर चौधरी, सबइन्जिनियर पुनजय साह र लेखापाल निरन्जन पटेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया