मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले सडकमै जनचासाको विषय कार्य प्रगति विवरण सार्वजानिक गरेका छन् । नगरप्रमुख भामले सोमबार दुई वर्षको कार्यकाल अवधिभर गरेका आफ्ना कार्यको प्रगति विवरण प्रस्तुत गर्दै सार्वजानिक सुनुवाई गरेका हुन ।
उनले नगरप्रमुखमा निर्वाचित भइसकेपछि हालसम्म नागरिकका सूचनाको हकलाई प्रत्याभूति गर्न र नगरपालिकाको कार्य प्रगतिलाई नागरिक माझ जानकारी गराउन वर्षैपिच्छे सार्वजानिक सुनुवाई गर्दै आइरहेका छन् । नगरप्रमुख भामले यो दुई वर्षमा करिब ५५ वटा उत्कृष्ट कार्य भएका प्रगति विवरणमा उल्लेख गरिएको छ ।
नगरपालिकाले हालसम्म विभिन्न प्रकारका विकासे योजना अन्य समुदायप्रति आर्कषण हुने कार्यहरु सञ्चालन गर्दै आइरहेका छन् । मेयर भाम निर्वाचित भइसकेपछि नगरपालिका र नगरप्रमुखसँग जोडिएका उत्कृष्ट काम कारवाहीलगायतका विषयमा सार्वजानिक सुनुवाई गर्दै आएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ । मेयर भामले गरे के हुँदैन भन्ने मूल मन्त्रका साथ श्रमदान अभियानलाई प्रभावकारी बनाउँदै आएका छन् ।
श्रमदान अभियानले राज्यको आर्थिक भारलाई पनि न्यून हुनु र विकासे योजनामा पनि ठूलो भूमिका खेल्ने हुँदा श्रमदान अभियानलगायतका अभियान सञ्चालन गरेका छन् । मुलुकका सबै स्थानीय तहमध्य पहिलो पटक दलित नीति पास गरी अन्तरजातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप एक लाख रकम प्रदान गर्र्दै आइरहेको छ । यसले गर्दा अन्तरजातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन मिलेको छ ।
साथै, कर्णाली प्रदेशका स्थानीय तहमध्ये दुर्गम हिमाली जिल्ला मुगु जस्तो स्थानमा नागरिकको समस्यालाई मध्यनजर गर्दे यातायातमा भएको सिन्डिकेट लाई तोड्न पहिलो पटक नगर बस सञ्चालनमा आएका छन् । त्यस्तै एक मुख दश रूख अभियान, सरसफाईको अभियान, भ्रष्टाचार नियन्त्रण अभियानलाई निरन्तरता दिँदै आएको नगरप्रमुख भामले बताए ।
उनले गरिब, विपन्न तथा दलितहरूलाई घाउमा मलम लगाउने प्रयास अनुसार नगरपालिकाभित्रका एक हजार दुई सय ५६ दलित घर परिवारलाई दशैँ भत्ता पहिलो चरणमा दुई हजार पाँच सयका दरले वितरण गर्दै आइरहेको पनि जानकारी दिए ।
पछिल्लो समय युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिने युवाहरुलाई स्वदेशमै बसेर अर्थात् नगरपालिकामै बसेर आत्मनिर्भर र जीविकोपार्जन गर्न नगरपालिकाका १०५ जना बेरोजगार व्यक्तिहरुलाई स्वरोजगारमूलक कार्यक्रमअन्तर्गत कुखुरा पालन, तरकारी खेती, भैँसी पालन, बाख्रा पालन र बंगुर पालन व्यवसायलाई पनि निरन्तरता दिएको भामले जानकारी दिए ।
यसले गर्दा घरमै बसेर जीविकोपार्जनमा ठूलो टेवा पुग्ने उनले बताए । आगामी आर्थिक वर्षमा नगरपालिकाभित्रका ४ हजार घरधुरीलाई निःशुल्क नुन वडामा वितरण गर्ने पनी नगर प्रमुख भामले सार्वजनिक सुनुवाईमार्फत जानकारी दिए ।
साथै नगरप्रमुख भामले राज्यबाट उपलब्ध गराउने सेवा–सुविधा पनि त्याग गरेका छन् । जसमा आजसम्म मोबाईल सञ्चार खर्च नलिएको, नगरप्रमुखले आवास अर्थात क्वाटर सुविधा नलिएको र पाँच वर्षको जम्मा तलबबाट एम्बुलेन्स खरिद गर्ने समेत घोषणा गरेका छन् ।
मुगु
प्रतिक्रिया