नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना

g]kfn / stf/aLr låkIfLo ;Demf}tf kq cfbfgk|bfg sf7df8f}F, !@ j}zfvM g]kfnsf] b’O{lbg] /fhsLo e|d0fdf /xg’ePsf stf/sf cld/ z]v tldd lag xdfb cn yfgL / k|wfgdGqL k’iksdn bfxfn …k|r08Úsf] pkl:yltdf g]kfn pBf]u jfl0fHo dxf;ª\3sf cWoIf rGb|k|;fb 9sfn / stf/ r]Da/ ckm sdz{sf cWoIf vflnkmf lag hl;d lag df]xdb cn yfgL låkIfLo ;Demf}tf / ;dembf/L kq cfbfgk|bfg ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित ‘नेपाल–कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले उक्त सम्झौतामा हस्ताक्षर गरे । परिषद्ले व्यापार विस्तार, लगानी प्रवद्र्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवद्र्धनका क्षेत्रमा काम गर्नेछ ।

तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग संवादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको सम्झौतामा उल्लेख छ । सम्झौतामा भनिएको छ, ‘नेपालीहरूको कामको गन्तव्यका रूपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ । खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडीबुटी, मसला र मसलाजन्य वस्तुलगायतको अत्यधिक माग छ । तीव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रूपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । यसैगरी पर्यटन प्रवद्र्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ ।’

परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखे । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफाले भने । यसैगरी महासंघ अध्यक्ष ढकालले परिषद्मार्फत् थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तीव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ,’ अध्यक्ष ढकालले भने । यसैगरी ढकालले परिषद्को स्थापनापछि नेपालको जलविद्युत्, पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताए ।

यसैगरी महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफाले हस्ताक्षर गरे ।

प्रतिक्रिया