निश्चल र स्वस्तिमा सर्वोत्कृष्ट

काठमाडौं । निश्चल बस्नेत सर्वोत्कृष्ट निर्देशक र नायिका स्वस्तिमा खड्का सर्वोत्कृष्ट नायिका घोषित भएका छन् । रामेछापमा शनिबार सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा उनीहरूले चलचित्र ‘दिमाख खराब’बाट सो अवार्ड जितेका हुन् । सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘नांगो गाउँ’बाट दयाहाङ राईले जितेका छन् । त्यस्तै, लक्ष्मण सुवेदीको निर्देशित ‘सतीदेवी’ले सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

‘सतीदेवी’बाटै मलिका महतले बेस्ट एक्ट्रेस जुरी मेन्सन अवार्ड जितिन् भने सत्यराज चौलागाईंको निर्देशन र अभिनेता मुकुन भुसालको अभिनय रहेको ‘विच्छेद’ले जुरी मेन्सन अवार्ड जित्यो । यस्तै रंग संयोजनमा ‘दिमाग खराब’का राजेन्द्र मोक्तान सर्वोत्कृष्ट भए । यसैगरी सर्ट फिल्मतर्फ परिच्छेद सेनको ‘मदर’ उत्कृष्ट हुँदा बेस्ट कल्चरल फिल्ममा बुद्दिया एस मगर निर्देशित मगर भाषाको ‘माराङ’ले अवार्ड जित्यो । सेलिब्रेटी नेपालको आयोजनामा चलचित्र विकास बोर्ड र रामेछाप नगरपालिकाको सहकार्यमा कार्यक्रम महोत्सव सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनका साथै पर्यटन र चलचित्र प्रवद्र्धनका विषयमा संवाद कार्यक्रम पनि भएको छ ।

रामेछापका स्थानीय जनप्रतिनिधि र स्थानीयको उच्च सहकार्यका सफल रूपमा कार्यक्रम सफल भएकाले आयोजक उनीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । महोत्सवको पहिलो संस्करण गोरखाको लाप्राकमा र दोस्रो संस्करण काभ्रेको भकुण्डेबेँसीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया