दीपिकाको फोटोमा मख्ख फ्यान

नयाँ दिल्ली । रोहित शेट्टीको फिल्म ‘सिंघम अगेन’ १५ अगस्टमा रिलिज हुँदैछ । यसअघि यसको सेटबाट धेरै तस्विरहरु बाहिर आइरहेका छन् । केही दिनअघि मात्रै दीपिका पादुकोणको सेटबाट बेबी बम्पको तस्बिर पहिलो पटक भाइरल भएको थियो । जसलाई देखेर फ्यानहरु निकै खुसी भए ।

उनी प्रहरीको पोशाकमा देखिएकी थिइन् । अहिले निर्देशकले उनको यस्तै तस्बिर सेयर गर्दै परिचय दिएका छन् । फिल्म ‘सिंघम अगेन’मा दीपिका पादुकोणले शक्ति शेट्टीको भूमिका निभाएकी छिन् । उनी रोहित शेट्टीको फिल्मकी लेडी सिंघम हुन् । यसअघि प्रहरीको वर्दीमा उनको झलक पनि आधिकारिक च्यानलसँग साझा गरिएको थियो । अब फेरि एकपटक ‘सिङ्घम’ को सिग्नेचर स्टेपसहितको उनको अर्को तस्बिर सेयर गरिएको छ ।

रोहित शेट्टीले दीपिका पादुकोणको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘मेरो हिरो… रिल र वास्तविकमा पनि । लेडी सिंघम दीपिका पादुकोण ।’ यो त्यही दिनको तस्बिर हो, जब सेटबाट अभिनेत्रीको तस्बिर लिक भएको थियो । त्यहाँ नायिकाको बडी डबल पनि देखिएकाले एक्सन दृश्य सुटिङका क्रममा यस्तो गरिएको मानिसहरुले दाबी गरेका थिए ।

प्रतिक्रिया