सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना : मृत्यु हुने तीनै जना दोलखाका

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका १ का मानबहादुर थामी, शिव श्रेष्ठ र दिपेन्द्र थामी रहेका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको वा ४ ख ५६१६ नम्बरको बस त्रिपुरा सुन्दरी गाउँपालिका ५ धारावतीमा शुक्रबार बिहान ७ बजेतिर दुर्घटनामा परेको थियो ।

दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा दुलहासहित ३२ जना घाइते भएका थिए ।

बस त्रिपुरासुन्दरी– ५ धारावतीबाट १०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया