नायक बन्दै अशोक दर्जी

काठमाडौं । एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बोलको गीतबाट सांगीतिक उडान भरेका थिए । यो गीतका संगीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ ।

यही गीतको बोल ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको छ । संगीतकार बुढाथोकीले यही नामबाट फिल्म घोषणा गरेका हुन् । फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्टसमेत दिइसकेका छन् ।

छिट्टै छायांकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् । फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् ।

अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाइ छ । अशोकलाई लिएर आफ्नो विषयमा बजारमा विभिन्न भ्रम छन् । त्यो चिर्ने गरेर फिल्म बनाउने टंकले बताए । फिल्म निर्माणमा टंकलाई लन्डन निवासी एनआरएन विनय अधिकारीले साथ दिनेछन् ।

प्रतिक्रिया