स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभि’ नेपालमा

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चाईनाको ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभि’ नेपालमा सार्वजनिक गरेको छ । ६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ प्राप्त रियल ‘इभी यसयुभि’ आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमास्थित स्काईवेल शोरुमको उदघाटन साथै ९ थान गाडी सार्वजनिक गरेको हो । उक्त समारोहबीच नेपालस्थित चिनिया दुतवासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सियु, स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनिया प्रतीनिधी थोमस जु र जी मोटर्स प्रालि अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रुपमा शोरुमको उदघाटन गरी गाडिको सार्वजनिक गरिएको थियो ।

गाडी सार्वजनिक गर्दै ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको निः शुल्क वीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी गराए । ‘स्काइवेल ईटी ५ ले एक पटकको फुल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । स्काईवेल ईटि५ नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाए ।

प्रतिक्रिया