लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको नाम टुंगाे

काठमाडौँ । लगानी बोर्डले तेस्रो लगानी सम्मेलनमा प्रस्तुत गर्ने परियोजनाको नाम टुङ्ग्याएको छ । बोर्डले दुई दिने लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट गरेको हो ।

लगानी बोर्डले लगानी सम्मेलनलाई मध्यनजर गरेर गठन गरेको प्राविधिक कमिटीले परियोजना छनौटको काम टुङ्ग्याएको हो । सम्मेलनमा प्रस्तुत गरिने परियोजनालाई ८ चरणमा वर्गीकरण गरिएको छ । यसअघि प्रारम्भिक चरणमा बोर्डको कार्यालयले १२५ परियोजना छानेको थियो ।

यस्तै निर्माणको चर्चा चलेका परियोजनाको सूची ७ वटा तयार पारिएको छ । पहिचानको चरणमा रहेका परियोजनाको सूचीमा ३१ वटा छन् । वित्तीय व्यवस्थापनको चरणमा रहेका परियोजनाको सूची १८ छ । यसबाहेक निजी क्षेत्रले पहिचान गरेको परियोजनाको सूची ३१ रहेको बोर्डको कार्यालयले जनाएको छ ।

यस्तै २७ वटा परियोजना समेत अघि बढाउने स्वीकृति लिँदै सम्मेलनमा प्रस्तुत गर्ने निर्णय भएको छ । यस्तै निजी लगानीको खोजीमा सम्मेलनमा १४ वटा परियोजना तयार पारिएको छ ।

प्रतिक्रिया