मधेस सरकारबाट बाहिरियो लोसपा, मन्त्री कुर्मीले दिए राजीनामा

काठमाडौं । मधेस प्रदेश सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिएको छ । मंगलबार बसेको लोसपाको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मतसमेत नदिने निर्णय गरेको हो । दलको निर्णयसँगै वन तथा वातावरणमन्त्री रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।

मधेस प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । त्यसमध्ये कुर्मी मात्रै सरकारमा गएका थिए । लोसपाले मधेस सरकारमा थप एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएको थियो । तर जनता समाजवादी पार्टीका नेतासमेत रहेका मुख्यमन्त्री यादवले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया