सिटिजन्स बैंकद्वारा स्नो याक फाउन्डेसनलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको हो । बैंकले आफ्नो स्थापनाको १७औँ वर्ष पूरा गरी १८आँै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहयोग प्रदान गरेको हो । विशेष गरी विपन्न परिवारमा जन्मेका बालबालिकालाई शिक्षा प्राप्त गर्ने आधारभूत अधिकार प्रदान गर्न संस्थालाई निकै कठिन चुनौतीहरूको सामना गर्नुपर्ने हुँदा सञ्चालनमा केही सहजता होस् भन्ने उद्देश्यले बैंकले एक समारोहका बीच एक लाख रुपैयाँको चेक संस्थाका सञ्चालक मणिराज शर्मालाई हस्तान्तरण गरेको हो । बालबालिकाहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्दै स्नो याक फाउन्डेसनले बिगत एक दशकभन्दा बढी समय गुणस्तरीय शिक्षामा विद्यार्थीको पहुँच बढाउन समर्पित गरेको र उक्त रकम पनि बालबालिकाको शिक्षामा खर्च गर्ने कुरा संस्थाका सञ्चालक शर्माले जानकारी दिए । हाल फाउन्डेसनले ५०० बालबालिकालाई शिक्षा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया