शिवमले बेच्यो १३ करोड बोरा सिमेन्ट

काठमाडौं । शिवम् सिमेन्टले नेपाली सिमेन्टको बजारमा इतिहास रच्दै सर्वाधिक १३ दशमलव ३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्दै आफ्ना ग्राहक उपभोक्ताको विश्वास र भरोसा जित्न सफल शिवम् सिमेन्ट सर्वसाधारणका लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । सन् २००३ मा मकवानपुरमा स्थापित शिवम् सिमेन्ट उद्योगले स्थानीय उच्च गुणस्तरीय चुनढुंगाको प्रयोग गरी दैनिक ३ हजार टन ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया