नयाँ वर्षमा निता र शंकरको कोसेली ‘अदभूत माया’ (भिडियोसहित)

काठमाडौं । नयाँ वर्ष २०८१ सुरु भएसँगै यसको पुर्वसन्ध्या र नयाँ वर्षको अवसर पारेर धेरै नेपाली गीतहरु सार्वजनिक भएका छन् । त्यस्तै नयाँ वर्षकै दिन नयाँ कोसेली ल्याएर गायिका निता आचार्य र गायक एवं संगीतकार शंकर थापा ‘स्माइल’ ले पनि युगल स्वरमा रहेको नयाँ गीत ‘अदभूत माया’ बजारमा ल्याएका छन् ।

गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको उक्त गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ । मनाङ जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशवराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छन् । गीत गायनदेखि संगीत कर्मसम्म त्यतिकै पोख्त स्माइलले संगीत भरेका युगल गायन र चलचित्रदेखि सुगम संगीतसम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।

प्रतिक्रिया