बारा । पछिलो समय डिजिटल बैंकिंङको प्रयोग सहरी क्षेत्रमा मात्र होइन, ग्रामिण क्षेत्रमा पनि उतिकै बढिरहेको छ । बिशेष गरी युवा पुस्ताको आकर्षण निकै लोभ लाग्दो बन्दै गएको डिजिटल बैंकिङमा यति बेला आकर्षण बढ्दै गएको छ ।
पछिल्लो समय बारामा डिजिटल बैंकिंङको प्रयोग बढ्दो क्रममा रहेको छ । सहरी क्षेत्रमा मात्र होइन, ग्रामिण क्षेत्रमा पनि डिजिटल बैंकिंग प्रयोगकर्ता बढेको पाइन्छ । जसमध्येको एक उदहारण हो, बारा जिल्ला ।
डिजिटल बैंकिंङको प्रयोगले बैंकिंङ प्रयोगकर्ताहरु अति आवश्यक काम बाहेक बैंक जान छाडेका छन् । त्यति होइन, बैंकसंग सहकार्यले पनि आफ्ना उपभोक्ताले डिजिटल बैंकिंङको सुबिधा लिन थालेका छन् । डिजिटल बैंकिंङको प्रयोगकर्ता बढेसंगै खुद्रा पसलमा पनि डिजिटल बैंकिंङको प्रयोग गर्नेको संख्या बढेको छ । त्यस्तै एजेन्ट कहाँ नगएर पनि अब बिमाकार्ताले आफ्नो बिमाको किस्ता समेत डिजिटल बैंकिंङ मार्फत तिर्ने गरेका छन् ।
हिजोआज डिजिटल बैंकिङको प्रयोग शहरतिर मात्र नभएर ग्रामीण क्षेत्रमा पनि बढ्दो छ । सजिलो र छरितो हुने भएकाले युवा पुस्ता डिजिटल बैंकिङतिर आकर्षित भएको पाइन्छ । दुई वर्षअघिसम्म बाराका धेरै क्षेत्रमा मोबाइल बैंकिङ नौलो थियो । तर, अचेल ग्रामीण क्षेत्रमा पनि मोबाइलबाटै कारोबार गर्नेको संख्या बढेको छ । सूचना प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ साझा रुचि एवं चासोको विषय बनेकाले प्रयोगकर्ताहरू बढ्दै गएका हुन् ।
घरै बसेर केही मिनेटमै कम्प्युटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट अधिकांश बैंकिङ सुविधाहरू प्राप्त गर्न सकिन्छ । डिजिटल बैंकिङले ग्राहकहरूको दैनिकी एवं जीवनशैलीमा बैंकलाई जोड्न मद्दत गरेको छ । बारा जिल्लाका बैंक शाखाहरूमा अचेल पहिलाजस्तो लाइन देखिँदैन ।
डिजिटल बैंकिंङ अन्तर्गतको एटिएम, मोबाइल बैंकिंङको म्सोसेज, क्युआर कोड लगाएतका बिकल्पछन् । जसमा ग्रामिण भेगमा मोबाइल बैंकिंङ र क्युआर कोडको प्रयोग बढ्दो छ । २४ औं घण्टा बैंकको सुबिधा प्रयोग गर्न पाइएकाले समयको बचत पनि भएको उपभोक्ताको भनाइ छ ।
तथापि डिजिटल बैंकिंङको प्रयोगमा देखिने बिभिन्न समस्या र बैंकले लिने सेवा शुल्कले प्रयोगकर्ता दिक्क भएका छन् । नेपाल राष्ट्र बैंकले वितिय कारोबार अन्तर्गत डिजिटल बैंकिंङलाई प्रोत्साहन गर्नको लागि वितिय साक्षरताको कार्यक्रमसंगै अफलाइन तरान्जेक्सन ल्याउने हो भने अझै प्रभावाकरी देखिन्छ ।
अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च
पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो ।
राष्ट्र बैंकका अधिकारीका अनुसार पछिल्लो समय नगदसहित क्युआर पेमेन्ट, मोबाइल बैंकिङ, कनेक्ट आइपिएस, आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि इ–कर्मश, इन्टरनेट बैंकिङ, वालेट, पोन्ट अफ सेल्सका प्रयोगकर्ता बढेको राष्ट्र बैंकको तंथ्याकले बताएको छ । सार्वजनिक भएको तंथ्याक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार १५५.६२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
चालु आवको समिक्षा अवधिमा भने २६ अर्ब ५ करोड १० लाख रुपैयाँ बढीको कारोबार क्युआर कोड मार्फत भएको छ । गत आर्थिक वर्षको बैशाख मसान्तसम्ममा १० अर्ब १९ करोड १० लाख रुपैयाँ बढीको कारोबार क्युआर कोड मार्फत भएको थियो ।
डिजिटल बैकिङले केके गर्न पाईन्छ
डिजिटल कारोबार मार्फत, आफूलाई आवश्यक वस्तुहरुको किनमेल, टेलिफोन, विद्युत, खानेपानी लगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्ने एक बैंकबाट अर्को बैंकको खातामा रकम पठाउने लगायतका काम गर्न सकिन्छ । त्यसैले पनि यसतर्फ मानिसहरुको आकर्षण दिनानु दिन बढ्दै गएको देखिन्छ । पछिल्लो समय विद्युतीय भुक्तानीमा बढ्दो आकर्षणसँगै डिजीटल कारोबार र भुक्तानी दुवै उल्लेख्य रुपमा अघि बढेको हो । डिजीटल कारोबारलाई राष्ट्र बैंकले पनि बढवा दिँदै आएको छ ।
बारा
प्रतिक्रिया