एसीसी प्रिमियर कप : मलेसियाविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप टी– २० क्रिकेटअन्तर्गत आजबाट हुने आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध टस हारेर पहिला बलिङ गर्ने भएको छ । उक्त खेल आज ४ः१५ बजे ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ ।

उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् । त्यस्तै समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि–२० विश्वकपपछि हुने टी–२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अविनाश बोहरा रहेका छन् । नेपालले आज मलेसियासँग, शनिबार कतारसँग, सोमबार हङकङसँग, बुधबार साउदी अरेवियासँग खेल्ने तालिका रहेकोे छ ।

प्रतिक्रिया