जिप्रका कालिकोटको शुभकामना आदानप्रदान

कालिकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नयाँ वर्ष २०८१ सालको अवसरमा जिल्लास्थित सम्पूूर्ण पत्रकार तथा सञ्चारकर्मीसँग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटको सभाहलमा शुभकामना आदान प्रदान गरिएको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीको अध्यक्षतामा प्रहरी निरीक्षक एवं सूचना अधिकारी पोषण थापा र पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्टको विशेष आतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख अर्जुन केसीले नयाँ वर्षसँगै आगामी दिनहरुमा शुख, शान्ति छाओस् भन्दै शान्ति सुरक्षामा जिल्ला प्रहरी कार्यालय सदैव लागिरहेको बताए ।

उनले जिल्लाका स्थानीय तहहरुमा पनि नेपाल प्रहरीले विभिन्न कार्यक्रमको आयोजना गरी समुदायस्तरमा सचेतना फैलाउने काम गरिरहेको बताए । शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा गरिएको हो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया