गायिका तृप्तिले ल्याइन् भजन गीत ‘कृष्ण कन्हैया’

काठमाडौं । गायिका तृप्ति खड्का गुरुङले ‘कृष्ण कन्हैया’ बोलको भजन गीत र भिडियो ल्याएकी छन् । उनको आफ्नै संगीत र एकल आवाज रहेको उक्त गीतमा ज्ञानेन्द्र गदालको शब्द रहेको छ ।

सारेगामा स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा अरुण कुमार प्रधानको निर्देशन रहेको छ भने सुमन तामाङको छायांकन र हेमन्त तामाङको सम्पादन रहेको छ । उक्त भिडियोमा दिनेश कोइराला र मेनुका माझीले कृष्ण र राधाको भूमिकामा अभिनय गरेका छन् ।

त्यसैगरी भिडियोमा अर्पण आचार्य, विनिता चापागाईं, अनुजा चापागाईं, प्रसन्न पोखरेल, रुपा कोइराला, सफा कोइराला, कविता घिमिरे, गंगा घिमिरे, अनिता घिमिरेलगायतको समेत अभिनय रहेको छ । भजन नेपाल नामको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएकोे छ ।

भगवानप्रति आस्था राख्नेहरुका लागि यस गीतले विशेष ध्यान तान्ने गायिका तृप्तिले बताइन् । यसभन्दा अगाडि धेरै विभिन्न विधाका गीतहरु ल्याइसकेकी उनले यसपछि पनि अन्य गीतहरु ल्याउन तयारीमा रहेको जानकारी दिइन् ।

प्रतिक्रिया