फालेलुङको चाररातेमा चौँरी महोत्सव हुने

पाँचथर । जिल्ला को फालेलुङ गाउँपालिका चाररातेमा चौँरी महोत्सव हुने भएको छ । सातौँ संस्करणको अन्तराष्ट्रिय चौँरी पर्यटन महोत्सव हुने भएको हो । उक्त महोत्सव फालेलुङ– ४ चाररातेमा हुने छ । २०७४ सालदेखि निरन्तर हुँदै आएको महोत्सवको सातौँ संस्करण चैत ३० देखि वैशाख १ गतेसम्म (तीन दिन) सञ्चालन हुने भएको हो ।

उक्त महोत्सवलाई फालेलुङ गाउपालिका मुख्य प्रवर्धक रहेको महोत्सव आयोजना गर्न संघीय सरकार मातहतको पर्यटन बोर्ड र कोशी प्रदेश सरकार मातहातको वन तथा वातावरण मन्त्रालयलगायतले आर्थिक सहयोग गरेका छन् ।

महोत्सवमा ६ भन्दासय बढी चौँरी र तिनका प्रजातिसँगै चौँरी र चौँरीजन्य उत्पादनका स्टल राखिने आयोजकको भनाई छ । हिमाल र चौँरी एक अर्काको पर्याय भएकाले तिनको अस्तित्व जोगाउन २०७४ सालदेखि फालेलुङमा चौँरी महोत्सव आयोजना गर्न थालिएको हो ।

महोत्सवमा नेपाल, भारत, भुटान, चीन र सिक्किमसहित नेपालका विभिन्न स्थानबाट तीन हजार हाराहारी आन्तरिक तथा वाह्य पर्यटक आउने लक्ष राखिएको फालेलुङ गाउँपालिका अध्यक्ष वीर विक्रम थाम्सुहाङले बताए ।

दीप ज्योती युवा क्लव फालेलुङ कञ्चनजंघा पर्या पर्यटन संस्था र कञ्चनजंघा चौँरी पालन संरक्षण संस्थाले आयोजना गर्ने उक्त महोत्सवको व्यवस्थापन सुर्यदय युवा क्लव फालेलुङ– ४ ले गर्ने भएको छ ।

यस महोत्सवले सीमा संरक्षण र फालेलुङका पर्यटकीय स्थलहरुको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकका दीप ज्योती युवा क्लवका कार्यकारी निर्देशक सुनिल वान्तावाले बताए ।

प्रतिक्रिया