गायक पन्थी र गायिका बुढाको आवाजमा ‘उकालो चढ्दै छ पिरती’

काठमाडौं । गायक बाबुराम पन्थी र गायिका सुनिता बुढाको युगल आवाजमा रहेको ‘उकालो चढ्दै छ पिरती’ नामक गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको भिडियो ओदान फिल्मस युट्युब च्यानलमार्फत केही दिनअघि सार्वजनिक गरिएको हो । प्रह्लाद सुवेदीको शब्द रहेको गीतमा वसन्त थापाले संगीत भरेका छन् भने संगीत संयोजन आशीष अविरलले गरेका हुन् ।

उक्त गीतको भिडियोमा मोडल अर्जुन बोहरा र अञ्जु निरौलाले अभिनय गरेका छन् । सो भिडियो सम्पादन मनोज कार्कीले गरेका हुन् भने मौसम हिमालीले निर्देशन गरेका हुन् । त्यसैगरी अजय रेग्मीको भिडियोमा छायांकन रहेको छ ।

यसअघि पनि धेरै नै गीतहरु बजारमा ल्याइसकेका गायक पन्थीले अहिले केही फरकपनमा आधारित रहेको बताए । साथै उनले यस गीत र भिडियो दुवैले मौलिकताको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने जिकिर गरे ।

प्रतिक्रिया