प्रथम नेशनल होर्टिकल्चर एक्स्पो सुरु

काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पहिलो नेशनल होर्टिकल्चर एक्स्पो २०८० सुरु भएको छ । भृकुटीमण्डपमा आज देखि १९ गतेसम्म एक्स्पो हुने भएको हो । एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिस्पर्धाको स्टल ५ वटासहित जम्मा ९० वटा स्टल रहेको आयोजकले जनाएको छ ।

नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडीबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरी चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिएका छन् ।

मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा ५० हजार जनाले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।

प्रतिक्रिया