नेपालमै पहिलो पटक ‘होर्टिकल्चर एक्स्पो’ हुँदै

बागवानी (होर्टिकल्चर) वनस्पति विज्ञानको अध्ययनलाई समेट्ने पुरानो कला र विज्ञान हो । यो विभिन्न प्रकारका बिरुवाहरूको खेती, पालन, उत्पादन र व्यवस्थापनका साथै तिनीहरूको संरक्षण र प्रवद्र्धनका लागि व्यापक क्षेत्र मानिन्छ ।

काठमाडौं । नेपालमै पहिलो पटक होर्टिकल्चर एक्स्पो (वागवानी मेला) आयोजना लागेको छ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा नेपालमै पहिलो नेशनल होर्टिकल्चर एक्स्पो २०८० हुन लागेको हो । नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाका अनुसार काठमाडौंको भृकुटीमण्डपमा यहीं चैत १६ देखि १९ गतेसम्म सञ्चाल हुने एक्स्पोमा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका विरुवा तथा फूल प्रदर्शनीमा राखिने छन् । पुष्पप्रेमी, फलफूलप्रेमी, जडिबुटीप्रेमी, बनजन्य हरियाली गार्डेन प्रेमीलाई लक्षित गरी मेला आयोजना गरिन लागेको तिमिल्सिनाले बताए । उनले भने, ‘मेलामा विभिन्न प्रजातीका फूल फल्ने तथा नफल्ने आलंकारीक फल विरुवाहरु लगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफल नर्सरी बाट उत्पादीत विविध प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने छन् ।’

एक्स्पोमा ७८ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल र अफिसियल ८ वटा गरि ९० वटा स्टल रहने नर्सरी व्यवसायी संघ नेपालका बरिष्ठ उपाध्यक्ष तथा यो एक्स्पोका संयोजक रामजी कुँवरले जानकारी दिए । उनले भने, ‘साथै मलखाद, अर्गानिक एवं रसायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ । नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्ने सम्पूर्णको लागि यस मेला बृहत साझा मञ्च हुने हामीले विश्वास लिएका छौं ।’ एक्स्पोमा जडिबुटी नर्सरीको ६५० भन्दा बढि प्रजातीका विभिन्न वनस्पतीहरुको प्रदर्शनी तथा विक्री गरिने उनले बताए । साथै नर्सरी व्यवसाय गर्न आवश्यक ग्रिन हाउस प्रविधि, औजार उपकरण, प्लास्टिक मेटेरियल, मलखाद, विउ विजन साथै नमुना वगैंचा, ट्राफिक आइल्याण्डहरुको प्रदर्शनी गरिने उनले जानकारी दिए ।

एक्स्पोमा कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोमा प्रवेश शुल्क १०० रुपैँया र विद्यार्थी र वृद्धाका लागि भने ५० रुपैँया तोकिएको छ । एक्स्पो आयोजना गर्नलाई थाइल्याण्डको सीड कम्पनी आगा, नेपाल टेलिकम, वनस्पती विभाग, पुष्प विकास केन्द्र, राष्ट्रिय फलफूल विकास केन्द्र, कृषि मन्त्रालय, राष्ट्रिय वीउ विजन केन्द्र, प्लानट क्वारेन्टाइनलगायतको सहयोग रहेको संयोजक कुँवरले बताए ।

व्यवसायीहरुको क्षमता विकासका लागि स्वस्थ प्रतिश्पर्धा गराई व्यवसायीहरुको हौसला बढाउन शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने संस्थाका अध्यक्ष तिमिल्सिनाले बताए । प्रतिष्पर्धाको मुल्याकन गर्न कृषि वागवानी विज्ञ, वनस्पती विज्ञ, साथै माटो तथा पर्यावरण विज्ञ सहितको संलग्नतामा ३ सदस्यीय मुल्याकंन समिति समेत गठन गरेको उनले बताए । एक्स्पोको अवसरमा लामो समय देखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पु¥याउने पुराना व्यवसायीहरु मध्येबाट एक जनालाई ‘दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान’ र नर्सरी क्षेत्रबाट स्वदेश मै उत्पादन गरि आत्मनिर्भर गर्न व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट १ जनालाई ‘वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान’ द्वारा सम्मान गरिने तिमिल्सिनाले बताए । साथै नेपालको कृषि क्षेत्र उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्र द्वारा सम्मान गरिने पनि तिमिल्सिनाले बताए ।

ग्राहकले खोजेका कुरा सजिलै एकै छाना मुनी पाउने र व्यवसायीहरुले आफुँले उत्पादन गरेका फलफूललाई बिक्री गर्ने उद्देश्यले यो मेला सञ्चालन गरिएको संस्थाका कार्य समिति सदस्या तथा नर्सरी व्यवसायी विराज खड्काले बताए । नेपालमै पहिलो पटक हुन लागेको होर्टिकल्चर एक्स्पोमा देश भरिका नर्सरी व्यवसायीहरुको अभूतपूर्व जमघट हुनुको साथै सम्पूर्ण नर्सरी क्षेत्रको विज्ञ तथा प्राविधिकहरुसँग प्रत्यक्ष भेटघाट हुने विश्वास रहेको खड्काले बताए । यो एक्स्पोमा पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरीको व्यावसायिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहने तथा नर्सरी व्यवसाय सम्बन्धी सघन जानकारीसमेत दिइने उनले उल्लख गरे ।
मानव र प्रकृतिबीचको सद्भाव कायम गर्न र वातावरण र प्राकृतिक विविधताको संरक्षणमा अन्तर्राष्ट्रिय समुदायको प्रतिबद्धतालाई जोड दिन सन् १९६० मा पहिलोपटक बागवानी प्रदर्शनी सुरु भएको थियो, जसलाई अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी भनिन्छ । सन् १९६० मा, नेदरल्याण्डमा रोटरडम अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी नामको पहिलो बागवानी प्रदर्शनी १९६० मार्च २५ देखि अक्टोबर २५ सम्म आयोजना गरिएको थियो । सोही मितिबाट बागवानी प्रदर्शनीको कथा सुरु भएको बताइन्छ ।

२०८० असोज ५ गतेको नर्सरी व्यवसाइीरुहको भेलाले नयाँ संस्था गठन गर्ने भनेर सहकति गरेसँगै असोज १५ गते विधिवतरुपमा यो संस्था दर्ता भएको थियो । दर्ता हुने वित्तिकै नर्सरी व्यवसायी संघले तिहार फ्लोरा एक्स्पो आयोजना गरेको थियो । भृकुटीमण्डपमा पाँच दिनसम्म संचालन भएको, तिहार लक्षित फलफूल, नर्सरी तथा जडीबुटीहरुको प्रदर्शनी मेला तिहार फ्लोरा एक्सपो २०८० मा ६० लाख बढीको फलफूल तथा बिरुवाको कारोबार भएको थियो । ३० हजार बढीले अवलोकन गरेको नर्सरी ब्यवसायी संघका अध्यक्ष तिमिल्सिनाले बताए ।

फ्लोरिकल्चर एसोसिएसन नेपालबाट केही व्यवसायी अलग भएर नर्सरी व्यवसायी संघ दर्ता गराएका थिए । पुष्पलाई मात्र केन्द्रमा नराखी जडिबुटी, बनस्पतीलगायत चारवटा विधालाई समेटने गरि नर्सरी व्यवसायी संघ खोलिएको अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, ‘फ्लोरिकल्चर एसोसिएसन नेपाल हामी फुटेका होइनौं, विशाल क्षेत्र भएको संघ खोलेका हौं । फूललाई मात्र हेरेर नहुने भएकोले चारवटा विधालाई समेट्ने गरि हामी अगाडी बढेका हौं ।’

बागवानी (होर्टिकल्चर) वनस्पति विज्ञानको अध्ययनलाई समेट्ने पुरानो कला र विज्ञान हो । यो विभिन्न प्रकारका बिरुवाहरूको खेती, पालन, उत्पादन र व्यवस्थापनका साथै तिनीहरूको संरक्षण र प्रवद्र्धनका लागि व्यापक क्षेत्र मानिन्छ । उच्च गुणस्तरको फलफूल, तरकारी, फूल र अन्य बोटबिरुवाको उत्पादनलाई प्रवद्र्धन गर्नु बागवानीको प्राथमिक उद्देश्य हो । यसले सामाजिक र सांस्कृतिक प्रयोगका लागि खाना, लत्ताकपडा र महत्वपूर्ण स्रोतहरू प्रदान गर्दछ । यसका अलावा बागवानीमा बीउ, मल, कीटनाशक र बागवानी औजारको विकास र प्रयोग पनि महत्वपूर्ण हुन्छ । बागवानी विभिन्न तरिकामा गर्न सकिन्छ, जस्तैः बगैंचा, बगैचा, फलफूल र तरकारी खेती, तरकारी उत्पादन र बिरुवाहरुको प्राविधिक निर्देशिका बनाउन । बागवानीको अध्ययनले प्राकृतिक स्रोत, खाद्य सुरक्षा, वातावरण संरक्षण र अनुसन्धान र विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

प्रतिक्रिया