तेस्रो लगानी सम्मेलनमा ७१ लाखमात्र खर्च

काठमाडौं । वैशाख १६-१७ गते सम्पन्न तेस्रो लगानी सम्मेलनमा ७१ लाख खर्च भएको छ । सम्मेलनका लागि सरकारले ८ करोड बजेट छुट्याएकोमा ७१ लाख खर्च भएको लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।

उनले भने, ‘तेस्रो लगानी सम्मेलनमा ३ वटा शीर्षकमा ७१ लाख खर्च भएको छ । जसमा बैठक व्यवस्थापनमा ८ लाख, लगानी सम्मेलका लागि विभिन्न देशमा भएको प्रि-इभेन्टमा १८ लाख र कर्मचारी परिचालन तथा प्रोत्सानमा ४५ लाख छ ।’

यो खर्चमा ४/५ प्रतिशत तलमाथि हुन सक्ने उनले बताए । लगानी सम्मेलको तयारी पूरा नभएको भनेर प्रश्न उठिरहेको बेला बोर्डले समय अपुग भएर सार्वजनिक खरिद अनुसार समान किन्न नसकिएको बताएको छ । बोर्डसँग बजेट हुँदाहुदै पनि खर्च नगरेर विदेशी दातृ निकायसँग सहयोग मागिएको छ ।

पहिलो लगानी सम्मेलनमा १ करोडभन्दा धेरै खर्च भएको थियो । दोस्रोमा ४ करोड खर्च भएको उपाध्यायले बताए । तेस्रोमा खर्च कम हुनुमा सार्वजनिक खरिद अनुसार सामान खरिद नगर्नु, निजी क्षेत्रले सहयोग गर्नु र दातृ निकायले सहयोग गर्नु हो ।

प्रतिक्रिया