राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

काठमाडौं । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले बुधबार राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी अर्याल २०७९ माघ २३ गते राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । राष्ट्रियसभा उपाध्यक्षका लागि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसहितको सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो ।

हाल राष्ट्रियसभाको अध्यक्षकी दाबेदार अर्याल प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भाइ नारायण दाहालालई बनाएपछि उनी असन्तुष्ट थिइन् ।

दाहाल गत फागुन २९ गते भएको निर्वाचनबाट राष्ट्रियसभाको अध्यक्ष भएका छन् । त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रियसभाको अध्यक्ष थिए ।

प्रतिक्रिया